भीम रावलले सांसद पदबाट गरेको राजीनामा घोषणा फिर्ता लिने — OSNepal

भीम रावलले सांसद पदबाट गरेको राजीनामा घोषणा फिर्ता लिने

LC (KTM) July 23, 2021 0

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट गरेको राजीनामा घोषणा फिर्ता लिने भएका छन् । उनले आज नै राजीनामा फिर्ता गर्ने बताइएको छ ।

एमालेलाई एकतावद्ध बनाउने अभियानमा रहेका उनले वरिष्ठ नेता माधव नेपाल पक्षले शेरबहादुर देउवालाई विश्वासको मत दिने भएपछि सांसद पद छाड्ने घोषणा गरेका थिए । यद्यपि उनको राजीनामालाई संसद सचिवालयले स्वीकृति प्रक्रिया अघि बढाइसकेको छैन।

ओली पक्षसँगको वार्तालाई अघि बढाउन वरिष्ठ नेता नेपाल तयार भएपछि उनले राजीनामाबाट पछि हट्ने निर्णय लिएको बताइएको छ । रावलको राजीनामा स्वीकृत नगर्न सभामुख अग्नि सापकोटालाई समेत आग्रह गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर