भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर गयो भूकम्प — OSNepal

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर गयो भूकम्प

LC (KTM) July 23, 2021 0

काठमाडौँ, ८ साउन- भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रिक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प बिहान ७ः०५ बजे गएको केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले जानकारी दिनुभयो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर