गर्मीले मानिसहरु अत्तालिएपछि दुबईमा गराइयो कृतिम वर्षा — OSNepal

गर्मीले मानिसहरु अत्तालिएपछि दुबईमा गराइयो कृतिम वर्षा

LC (KTM) July 23, 2021 0

एजेन्सी- दुबई शहरमा कृतिम वर्षा गराइएको छ । तापक्रम ५० डिग्री पुगेर गर्मीले मानिसहरु अत्तालिएपछि कृतिम वर्षा गराइएको हो ।

युएईको मौसम विभागले आइतबार दुबईसहित धेरै इलाकामा वर्षा गराएपछि मानिसलाई राहात मिलेको छ ।युएईमा भीषण गर्मीका कारण मानिस र पशुपंक्षीहरुको मृत्यु भइरहेको छ ।

यसबाट बच्नका लागि दुबईले कृतिम वर्षा गराएपछि राहात मिलेको हो । युएईस्थित रिडिङ विश्वविद्यालयका विज्ञहरु यस तरिकाको वर्षा गराउने काममा सक्रिय छन् । युएईले ड्रोनको प्रयोग गर्दै बादललाई विद्युतीय चार्ज गर्ने काम गरेको छ ।

त्यस चार्जपछि बादल वर्षिएको हो । यस प्रविधिमार्फत बिजुलीले बादलहरूलाई जोडसँग झट्का दिन्छ । जसबाट बादलमा घर्षण पैदा हुन्छ र यही घर्षणका कारण पानी पर्ने त्यहाको मौसम विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर