चन्द्रागिरि नगरपालिकाद्वारा थानकोट प्रहरीलाई दुई थान मोटरसाइकल सहयोग — OSNepal

चन्द्रागिरि नगरपालिकाद्वारा थानकोट प्रहरीलाई दुई थान मोटरसाइकल सहयोग

LC (KTM) July 23, 2021 0

काठमाडौँ-चन्द्रागिरि नगरपालिकाले महानगरीय प्रहरीवृत्त थानकोटलाई दुई थान मोटरसाइकल सहयोग गरेको छ । चन्द्रागिरिले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आज रु पाँच लाख ३२ हजार मूल्य बराबरको दुई थान प्लल्सर मोटरसाइकल सहयोग गरेको हो ।

महानगरीय प्रहरीवृत्त थानकोटमा आज आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख घनश्याम गिरीले महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहलाई मोटरसाइकल हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा नगरप्रमुख गिरीले नगरपालिकाभित्रको शान्तिसुरक्षालाई थप मजबुद बनाउँदै अपराध नियन्त्रणमा सहयोग पु¥याउन नगरपालिकाले उक्त मोटरसाइकल प्रदान गरेको जानकारी दिनुभयो । “चन्द्रागिरिको शान्ति, सुरक्षालाई थप मजबुद बनाउन यसभन्दा पहिले नगरपालिकाले रु एक करोड लागतमा नागढुङ्गादेखि कलङ्कीसम्म सिसी क्यामरा जडान गरिसकेको छ, आगामी दिनमा भित्री सडकमा सिसी क्यामरा जडान गर्ने कार्यक्रम रहेको छ”, उहाँले भन्नुभयो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख सिंहले समुदाय तथा स्थानीय निकायले प्रहरीलाई निःस्वार्थ प्रदान गरेका स्रोतसाधनले समाजको शान्ति सुव्यवस्था, अपराध अनुसन्धान तथा नियन्त्रणमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक सिंहले प्रहरीलाई उपलब्ध भएका स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै काठमाडौँ उपत्यकाको प्रमुख प्रवेशद्वार चन्द्रागिरिको शान्तिसुरक्षालाई थप मजबुद बनाउनुपर्ने उल्लेख गर्नुभयो । महानगरीय प्रहरीवृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले उपलब्ध स्रोतसाधनको उच्चतम् प्रयोग गरी शान्त चन्द्रागिरि निर्माण गर्न प्रहरीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर