काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको विश्व हिन्दू परिषद नेपालले पुत्ला जलाएको छ । हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै परिषद्ले राजविराज, वीरगन्ज जस्ता देशका मुख्य सहरहरूमा प्रदर्शन गर्दै पुत्ला जलाएको हो ।
बहुसङ्ख्यक सनातन धर्मावलम्बिहरुले आस्थामाथि खेलबाड गर्दै अभद्र टिप्पणीले समस्त सनातनीहरूलाई मर्माहत बनाएको हिन्दू परिषदको आरोप छ । हिन्दू विरुद्ध अभद्र टिप्पणी गर्नेलाई यथाशीघ्र कानुनी कारबाही गर्न सम्बन्धित निकाय समक्ष उनीहरुले माग समेत राखेका छन् ।