अर्घाखाँच, १२ असोजःचोरी, डकैती, घटना, दुर्घटनामा कमी गर्न तथा घटना भइहालेमा जानकारी लिन सहज होस् भन्ने उद्देश्यले अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगर भित्रका ६४ स्थानमा जडान गरिएको सिसी क्यामेराबाट देखिएको दृश्य ।
यो पनि: सहकारीको रकम ठगी गर्ने प्रवन्धक थापा पक्राउ:तनहुँ, १२ असोज ः भिमाद नगरपालिका–९ सखेपस्थित भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ ।
सोही वडा निवासी ५२ बर्षीय प्रवन्धक चुत्रबहादुर थापालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो ।उनले बिभिन्न मितिमा संस्थाको सेयर रकम, बचत रकम र एक सय तीस सेयर सदस्यको नाममा काल्पनिक ऋण लगानी गरेको देखाई रकम हिनामिना गरेका थिए ।उक्त सहकारी संस्थाको रु।दुई करोड ६९ लाख ७१ हजार नौ सय ६६ हिनामिना गरेको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।रकम हिनामिना गरेको जाहेरी परेपछि तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई उनीमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।