समाजसेवी तथा चलचित्रकर्मी रेशमको एनआरएनए न्युर्योकको सचिव पदमा उम्मेद्धारी — OSNepal

समाजसेवी तथा चलचित्रकर्मी रेशमको एनआरएनए न्युर्योकको सचिव पदमा उम्मेद्धारी

LC (KTM) May 15, 2021 0

काठमाडौँ । चलचित्रकर्मी तथा समाजसेवी रेशम जंग शाहले गैरआवासीय नेपाली संघ एनआरएनए को बर्ष २०२१–२०२३ को न्युर्योक राज्यको सचिव पदमा उम्मेद्धारी दिएका छन् । सन् २०१८ मा आप्रवासी भिजा मार्फत अमेरिका पुगेका शाहले संगठनमा भएका बिकृति बिसंगति बिरुद्ध आवाज उठाउन , संगठनलाई नबिनतम सोचका साथ अघि बढाउन आफुले सचिव पदमा उम्मेद्धारी दिएको बताएका छन् । उनले आफ्नो उम्मेद्धारीको अर्को मुलभुत उदेश्य बिदेशमा समस्यामा परेका, अलपत्र परेकाहरु लाई सहयोगको लागि पनि भएको बताए ।

शाहले बिदेशमा रहे पनि नेपालको भाषा, संस्कृति र संस्कार लाई जिबन्त राख्न नयाँ पुस्ता माझ सक्रिय रुपमा भुमिका समेत खेल्ने बताएका छन् । उनी चलचित्रकर्मी मात्र हैनन् एक समाजसेवी र श्रमजिबी कृषक पनि रहेका छन् । उनले यसअघि धेरै समाजसेवाका नमुनाहरु जनसमुदाय माझ देखाईसकेका छन् । २०७२ साल बैशाखमा गएको महाभुकम्पमा उनले हृदय खुल्ला पारेर सहयोग समेत गरे । राहत, उद्धार तथा पुर्नबासका लागि उनले अतुलनिय योगदान समेत दिएका थिए । उनले त्यतीबेला सिन्धुपाल्चोक र काभ्रेमा तामाङ, मगर तथा दलित समुदायका लागि ५२ वटा अस्थायी आवास निर्माण गरेका थिए।

शाहले गोरखा, लमजुङ, तनहुँ र नुवाकोटमा पनि पीडितलाई राहत सामग्री उपलब्ध गराएका थिए। उनी नेपालमा हुँदा पनि बिभिन्न सामाजिक संघसंगठनमा आबद्ध रहेर समासेवाको कर्ममा रहेका थिए । समाजसेवा बाहेक चलचित्रमा पनि उनि उत्तिकै लगनशिल भएर काम गरिरहेका छन् । उनले चर्चित फिल्म प्रेम गीत, चंखे शंखे पंखे र मेरी मामुमा कार्यकारी निर्माता तथा जनसम्पर्क र बजार ब्यबस्थापकको रुपमा पनि काम गरिसकेका छन्। आफुले अझै धेरै काम गर्नकै लागि उम्मेद्धारी दिएको बताएका छन् । आगामी मे महिनाको अन्तिम सातामा हुने उक्त निर्वाचनमा गैरआवासीय नेपाली सङ्घका सदस्यले अनलाइनबाट भोट दिनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर