अर्घाखाँची, ७ साउन- १४ वर्षीया किशोरीलाई यौ न दुर्व्यवहार गरेको अभियोगमा सन्धिखर्क नगरपालिका(२ भलायडाँडा ठुलाखर्क बस्ने ५५ वर्षीय ईन्द्र बहादुर कुमाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित जंगलमा बाख्रा चराउन गएको अवस्थामा कुमालले यौ न दुर्व्यवहार गरेको तथा ज बरजस्ती क रणी उद्योग समेत गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।