वनबासा पुलमा भारतीय पक्षले चार पाङ्ग्रे सवारी साधनमा लगायो रोक — OSNepal

वनबासा पुलमा भारतीय पक्षले चार पाङ्ग्रे सवारी साधनमा लगायो रोक

LC (KTM) July 22, 2021 0

महेन्द्रनगर, ७ साउन – महाकाली नदीमा पानीको बहाव बढे पनि पश्चिमीनाका गड्डाचौकीबाट नेपाल–भारत आवागमन आज बिहानसम्म रोकिएको छैन । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले नदीमा पानीको बहाव एक लाख ४० हजार क्युसेक नाघेको बताउनुभयो ।

उहाँले दिएको जानकारी अनुसार महाकालीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि पुलमा हिँडडुल गर्न जोखिम हुने भन्दै भारतीय पक्षले चार पाङ्ग्रे सवारीसाधनलाई रोक लगाउँदै आएको छ ।

पुलबाट यात्रुलाई पैदल यात्रामा भने कुनै रोकटोक नरहेको गुरुङले जानकारी दिनुभयो । यहाँबाट दैनिक चार सयदेखि पाँच सय नेपाली रोजगारीका लागि भारत गइरहेको प्रहरीले जनाएको छ । “केही दिनयताबाट भारतीय पक्षले पिसिआर परीक्षण रिपोर्टबिना नै भारत जान दिइरहेको छ”, उहाँले भन्नुभयो, “सीमामा भारतीय सुरक्षाकर्मीले रोजगारीका लागि जानेको नागरिकता, आधारकार्डलगायतका कागजात भने हेर्ने गर्छन ।”रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर