प्रतिबन्धित क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ रेड बुल बिक्री बितरण गर्ने चारजना पक्राउ — OSNepal

प्रतिबन्धित क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ रेड बुल बिक्री बितरण गर्ने चारजना पक्राउ

LC (KTM) July 22, 2021 0

काठमाडौं ७ साउन । प्रतिबन्धित क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ रेड बुल बिक्री बितरण गर्ने चारलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाण्डौ म.न.पा. बबरमहल बस्ने प्रणव स्टोर न्यूरोडका सञ्चालक बर्ष ४४ को रबिनराज ‍श्रेष्ठ,बाँके कोहलपुर न.पा. वडा नं. ९ घर भई का.जि. का.म.न.पा ११ गंगबु बस्ने च्भम द्यगिि ओसारपसारमा संलग्न बर्ष ३६ को राजु पौडेल ,ओखलढुङ्गा चम्पा देवि गा.पा वडा नं.३ घर भई हाल जिल्ला काठमाण्डौ बु.न.पा. १० निलो पुल बस्ने शक्तिमाता स्टोर कपनका सञ्चालक बर्ष ३१ को धन बहादुर श्रेष्ठ र सर्लाही हरिपुर न.पा. १ घर भई हाल जिल्ला काठमाण्डौ गोठाटार बस्ने च्भम द्यगिि ओसारपसारमा संलग्न बर्ष ३६ को बिरेन्द्र चौधरी रहेका छन् ।

श्रेष्ठको स्टोरबाट ५९ कार्टुन बरामद, धन बहादुर श्रेष्ठको स्टोरबाट ५९ कार्टुन धन बहादुर श्रेष्ठ र बिरेन्द्र चौधरीको पिक अप भ्यानबाट ८४ कार्टुन बरामत भएको प्रहरीले जनाएको छ । मिति २०७६।०३।०२ मा प्रकाशित राजपत्र भाग ५ को सुचना १ को प्रकरण ४ को (ढ) बमोजिम क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ (Energy Drinks), Flavoured Synthetic Drinks र यस्तै प्रकारका पेय पदार्थहरुको बिक्रीवितरणलाई पूर्ण रुपमा बन्देज गरिएकोमा काठमाडौंका बिभिन्न स्थानमा रहेका होलसेल सप्लायर्स तथा मार्टहरुले बाह्य मुलुकमा उत्पादित Energy Drinks Red Bull नेपालमा ल्याई बिक्री बितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा मिति २०७८।०४।०५ गते यस महानगरीय अपराध महाशाखाबाट खटिएको बिशेष टोलीले काठमाडौंको न्यूरोड, सिनामंगल, पूरानो बानेश्वर, कपन, गोठाटार लगायतका स्थानबाट प्रतिबन्धित निलो कलरको शक्तिबर्धक पेय पदार्थ Red Bull बिक्रीबितरण गरिरहेको अवस्थामा फेला पारी ४ जना व्यक्तिहरुबाट जम्मा २०२ कार्टुन (४८४८ थान) रेडबुल समेत बरामद गरिएको, बरामद सामाग्री मध्ये ८४ कार्टुन रेडबुल बा २१ च १२५ नम्बरको टाटा पिकअप भ्यानमा राखि जिल्ला सर्लाही हरिपुर न.पा. १ घर भई हाल जिल्ला काठमाण्डौ गोठाटार बस्ने बिरेन्द्र चौधरीले बिक्रिवितरण गरिरहेको अवस्थामा नयाँवस्ती गोठाटारबाट बरामद गरिएको, पक्राउ परेका मानिसहरुलाई बरामद सामान सहित आवश्यक कार्वाहीको लागि भन्सार बिभाग पठाईने पठाईने भएको छ ।

साथै बरामद समानहरु खुला सीमानाको फाइदा उठाउदैं भारतसंग सीमानाका जोडिएका तराईका बिभिन्न जिल्लाहरुबाट लुकाइछिपाई नेपाल भित्र्याउने र पिक अप भ्यान तथा रात्रीकालीन बसका बिभिन्न भागमा लुकाई काठमाण्डौसम्म ओसारपसार गरि बजारमा बिक्रिबितरण गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर