ललितपुरको कोञ्ज्योसोममा ‘जोन्सन एण्ड जोन्सन’को खोप शुक्रबार लगाइने — OSNepal

ललितपुरको कोञ्ज्योसोममा ‘जोन्सन एण्ड जोन्सन’को खोप शुक्रबार लगाइने

LC (KTM) July 22, 2021 0

ललितपुर, ७ साउन- उपलब्ध गराएको एक मात्रा मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप शुक्रबार दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा लगाइने भएको छ । पचास वर्षदेखि ५४ वर्ष उमेर समूहका नागरिक, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य, सरसफाइकर्मी समेतलाई खोप लगाउने कार्यक्रम तय भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नवलकिशोर महतोले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गाउँपालिकाको पाँचै वडाका स्वास्थ्य चौकीमा यस खोप लगाउने अभियान रहँदा पायक पर्ने स्थानमा जान अनुरोध गर्दछु ।” ललितपुरका अन्य पाँच पालिकामा भने सोमबार, मङ्गलबार र बुधबार गरी तीन दिन जोन्सनको खोप लगाइसकिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर