आफ्ना साथीहरुबीच अनलाइन सुरक्षाको जनचेतना फैलाउन, साझेदारी गर्न र सहायता पुर्याउन नेपालका युवाहरुले ‘अनलाइन सेफ्टी बाइ फ्रेन्डभर्सिटी’ अर्थात ‘अनलाइन सुरक्षाका लागि मित्रताको विश्वविद्यालय’ अभियान सुरु गरेसँगै यसको चर्चा सुरु भएको छ । यो अभियानले फेसबुक, इन्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जाल, अनलाइन प्लाटफर्महरुको सुरक्षित तवरले प्रयोगका लागि प्रोत्साहन गर्छ । अनलाइन माध्यमबाट हिंसा, दुव्र्यवहार, शोषणमा परेका साथीलाई सम्झाइबुझाइ गर्न र कानुनी उपचार खोज्न उनैका साथीहरुले नै सहायता पुर्याउने सञ्जाल हो ।
युवाहरुले नेतृत्व गर्ने यो अभियानमा विद्यालय तहदेखि स्नातक दोस्रो बर्ष अध्ययनरत बालबालिका, किशोरकिशोरी र युवाहरु समावेश छन् । काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमा ‘अनलाइन सुरक्षा क्लब’ हरु गठन गरिएको छ । उनीहरुलाई अनलाइन सुरक्षाका विज्ञहरुले ४५ मिनेट बराबरको कक्षाहरु सञ्चालन गरेका छन् । ‘यसबाट बालबालिका, युवाहरुलाई सुरक्षित तरिकाले इन्टरनेट प्रयोग गर्न, आफुमाथि हुने हिंसा, दुव्र्यवहार पहिचान र समाधान गर्न सहयोग पुगेको पायौ, हिंसा, दुव्र्यवहार भनेको शारिरीक छुवाइले मात्रै हुन्छ भन्ने थियो, अभियानले शिक्षकहरुलाई सचेत गराएको छ,’ अभियानमा संलग्न मध्येकी विनिता ओलीले भनिन् ।
‘बालबालिका, युवाहरु आफुलाई परेको समस्याबारे साथीहरु बीचमा जसरी खुल्छन्, अभिभावक, शिक्षकसंग भन्न सक्दैन रहेछन्, यस्ता अभियानहरु देशभरी नै एकदमै आवश्यक रहेको ‘अनलाइन सेफ्टी बाइ फ्रेन्डभर्सिटी’ को टिम नै बताउँछ । जसमा २० जना जुझारु युवाहरुले मुख्य नेतृत्व गरेका छन् । यही नामको फेसबुक पेज खोलेका छन् ।
यसमा सुरक्षित पासवर्ड कसरी राख्ने, गोपनियता कायम, अनलाइनबाट हुने बाल यौन दुव्र्यवहार र शोषणका सामाग्रीबारे सचेतनामुलक जानकारीहरु साझा गर्छन् । यो अभियानबारे सबैखाले उमेर समुहका तीन हजार बढि फेसबुक खाताहरुमा जानकारी पुगेको छ । यो अभियानमा ८० भन्दा बढि युवाहरु जोडिएका छन् । अभियानबारे १० हजार बढि फेसबुक खाताहरुमा जानकारी पुग्ने र २०० बढि युवाहरु सामेल हुने लक्ष्य राखेका छन् ।
स्क्रोल नेदरल्याण्ड्स पोस्टकोड लोटेरिजको सहयोगमा टेरे डेस होम्स नेदरल्याण्ड्सतीनले ३ वर्षको परियोजना हो। यो सन् २०२२ मा सुरु भएको थियो ।
यसले यस्तो संसारको कल्पना गर्दछ जहाँ बच्चाहरूको अनलाइन यौन शोषण अवस्थित छैन, जहाँ बच्चाहरू उनीहरूको आफ्नै एजेन्सीको प्रभारी छन्।
नीति निर्माताहरू, बाल संरक्षण प्रणालीहरू, न्यायपालिका, कानून प्रवर्तन एजेन्सीहरू, निजी क्षेत्रहरू र स्वयं बालबालिकाहरूको सक्रिय र सहयोगी संलग्नताको माध्यमबाट अनलाइन सुरक्षाको लागि सक्षम वातावरण निर्माण गर्न पनि काम गर्दछ।