चलचित्र ‘ह्याप्पी डिभोर्स’ निर्माण घोषणा — OSNepal

चलचित्र ‘ह्याप्पी डिभोर्स’ निर्माण घोषणा

LC (KTM) September 20, 2023 0

काठमाडौँ, ३ असोज : अभिनेता तथा मोडल विमलेश अधिकारीको निर्देशनमा ‘ह्याप्पी डिभोर्स’ चलचित्र बन्ने भएको छ । केही समय कलाकारिताबाट विश्राम लिएर निर्देशनको तयारी गरेर चलचित्र घोषणा गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नयाँ सुरुआत, स्वतन्त्रता र राम्रो भविष्यको कथा तयार गरेको छु । एक जोडीको वर्तमान अवस्था र त्यसलाई भविष्यमा अझै राम्रो बनाउन चाल्ने कदमलाई देखाउन प्रयास रहनेछ । यो अहिले देखिएको एउटा समस्या पनि हो”, निर्देशक अधिकारीले निर्देशनसँगै अभिनय गर्नेसमेत जानकारी दिनुभयो ।

चलचित्रमा केकी अधिकारी र रिमा विश्वकर्मा मुख्य भूमिकामा रहनुहुनेछ । निर्देशक अधिकारीका अनुसार चलचित्रको कथा तीन पात्रसँग बढी जोडिएको छ । अभिनेत्री अधिकारीले आफ्नो थुप्रै साङ्गीतिक श्रव्यदृश्यमा मोडल बनिसक्नुभएका अभिनेता अधिकारी निर्देशक बन्न लागेको सुन्दा र सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

“हामी कलाकारले आफूलाई नयाँ तरिकाले प्रस्तुत गर्न चाहन्छौँ । विमलेश निर्देशक बनेर नयाँ यात्रा सुरू गर्नुभएको छ । उहाँको यात्रा सफल बनाउन हाम्रो कुनै सम्झौता हुने छैन”, अभिनेत्री अधिकारीले भन्नुभयो, “चलचित्रको शीर्षक केही अनौठो लागे तापनि यसले गलत सन्देश प्रवाह गर्दैन । डिभोर्स नै समाधान हो भन्ने हामीले चलचित्रमार्फत देखाउन लागेका छैनौँ तर, अहिले युवापुस्तामा देखिएको केही यथार्थलाई पर्दामा ल्याउने छौँ ।”

चलचित्रमा नवराज उप्रेतीले छायाङ्कन, पुष्करमणि राईले पटकथा लेखन, सोनी सिंजाली मगरले वेशभूषा, विशाल मोक्तानले शृङ्गार गर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर