नेपालमा आज पनि कोरोना निको हुनेको संख्या भन्दा बढ्नेको संख्या ह्वात्तै बढ्यो — OSNepal

नेपालमा आज पनि कोरोना निको हुनेको संख्या भन्दा बढ्नेको संख्या ह्वात्तै बढ्यो

LC (KTM) July 22, 2021 0

काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार १२२ पीसीआर र ३ हजार ७०७ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार ८५५ र ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २७ हजार १६९ पुगेको छ । त्यस्तै सोही अबधीमा १ हजार २८८ जना निको भएका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २७ हजार १६९ पुगेको छ । जसमध्ये ६ लाख ३७ हजार ६९० जना निको भएका छन् । त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा २४ जनाको मृ त्यु भएको छ । हालसम्म कोरोनाको कारण ९ हजार ६६१ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर