मुम्बई । अहिले बिग बोस १३ औं संस्करण चलिरहेको छ । हिन्दी चलचित्र ‘छपाक टिम फिल्म प्रमोशनका लागि उक्त कार्यक्रममा सहभागी भयो ।
दीपिका पादुकोण, विक्रान्त मस्नी र लक्ष्मी अग्रवालले बिग बोसको घरमा सहभागीसंग केही समय बिताए । जारी प्रोमोमा सहभागीले आफ्नो जीबनमा भोगेका केही खराब घटना उल्लेख गरेका छन् । सोही प्रोमोमा आरती सिंह (गोबिन्दाकी भान्जी) ले अनौठो घटनाको खुलासा गरेकी छिन् ।राजधानि दैनिकमा खबर छ ।
सहभागीकै विचमा आरतीले भनेकी छिन् ‘१३ वर्षको उमेरमा मलाई घरमै बन्द कोठामा कसैले बलात्कार प्रयाश गरेको थियो । यो घटना सम्झँदा अहिले पनि मेरो जीउ काम्छ ।’
३५ वर्षिय आरती कृष्णा अभिषेककी बहिनी हुन् । उनले टिभी शो मायकावाट करिअर सुरु गरेकी थिइन् । उनले गृहस्थी–थोडा है बसर थोडे की जरुरत हैलगायतमा काम गरेकी छिन् ।