जुम्ला – जुम्लाबाट जाजरकोट जोड्ने तिला नदीमा पक्की पुल बनेको छ । पक्की पुल बनेसँगै गाडी गुड्न थालेका छन् । जसले स्थानियमा खुशी छाएको छ । कर्णाली प्रदेशमै पहिलो पटक फरक र जटिल तरिकाबाट पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय जुम्लाले जनाएको छ । कर्णाली राजमार्गदेखि जुम्लाको भेरी खोला र जाजरकोटसम्म यात्रा सजिलो हुने भएको छ ।
चार करोड १२ लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो । तत्कालीन प्राविधिक कार्यालयले सुरु गरेको यस पुलको काम २०७५ साल जेठ ३१ गते सम्पन्न हुनुपर्नेमा अलपत्र परेपछि सङ्घीय संरचनापछि यसले पुनर्जीवन भएको हो । पुल बनेपछि जाजरकोट जान सजिलो हुने स्थानिय बताउछन् ।