ओलीलाई नेपालको जवाफ : फ्लोर क्रस संविधान,पार्टीको विधान,सर्वोच्चको फैसला र लोकतान्त्रिक मूल्य, मान्यता अनुकुल छ — OSNepal

ओलीलाई नेपालको जवाफ : फ्लोर क्रस संविधान,पार्टीको विधान,सर्वोच्चको फैसला र लोकतान्त्रिक मूल्य, मान्यता अनुकुल छ

LC (KTM) July 22, 2021 0

काठमाडौँ ७ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समुहले सर्वोच्चको फैसला अनुरुप आफ्नो समुहले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् ।

२२ जना सांसदले पार्टीको फ्लोर क्रस गर्दै देउवालाई विश्वासको मत दिएका थिए । अध्यक्ष ओलीले किन केका लागि पार्टीको निर्देशन विपरित मत दिएको भन्दै स्पष्टिकरण सोधेका थिए ।
नेता नेपालले २३ फागुनको सर्पोच्चको फैसलापछि नयाँ परिस्थितिमा पुनः पार्टी एकता प्रक्रिया अघि बढाउनुको साटो एउटा विचार समूहलाई मात्र लिएर भन्दै जवाफमा उल्लेख गरेका छन् ।

‘पार्टी र दलको निर्णयविना नै संविधानका विभिन्न प्रावधान अन्तर्गत आफैं प्रधानमन्त्री बन्न खोज्नु पार्टीको विधान र राजनीतिक नैतिकता विपरीत कुरा हो’ । त्यसको विरोधस्वरुप विभिन्न क्रियाकलाप भएका हुन्, जसलाई विधान विपरीत भन्न मिल्दैन ,जेठ ७ मा फेरि प्रतिनिधिसभा विघटन गर्नु ५ पुसकै निरन्तरता भएको निष्कर्षसहित आफूहरु संसद पुनर्स्थापना र वैकल्पिक सरकार निर्माणमा लागेको नेता नेपालले जनाएका छन् ।

आफ्नो समुहको निणर्य नेपालको संविधान, पार्टीको विधान, सम्मानित सर्वोच्च अदालतको फैसला र लोकतान्त्रिक मूल्य, मान्यता अनुकुल रहेको दावी समेत गरेका छन् ।

छलफल र सहमतिबाट पार्टी एकताको प्रक्रियालाई अगाडी बढाउनुपर्ने भन्दै नेपालले भनेका छन् ,
‘अध्यक्षले गरेका गैर संवैधानिक, विधान विपरीत, सम्मानित सर्वोच्च अदालतको आदेशको वर्खिलाप र अलोकतान्त्रिक कार्यको प्रतिवाद स्वरुप गरिएको एक लोकतान्त्रिक अभ्यासलाई वैचारिक र राजनीतिक अन्तरविरोधका रुपमा बुझ्दै सोही अनुसार वार्ता, छलफल र सहमतिमा पार्टीलाई एकतावद्ध बनाउन आवश्यक छ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर