माडीमा भालुको आक्रमणबाट राजकुमारको मृ त्यु,मुख र तिघ्रामा चोटै चोट — OSNepal

माडीमा भालुको आक्रमणबाट राजकुमारको मृ त्यु,मुख र तिघ्रामा चोटै चोट

LC (KTM) July 22, 2021 0

चितवन, ७ साउन – माडी नगरपालिका–१ पाण्डव नगरमा एक जनाको श व फेला परेको छ । बुधबार बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र तामा खोज्न पसेका स्थानीयवासी ४५ वर्षीय राजकुमार बोट आज बिहान मृत अवस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक झलक शर्माका अनुसार निकुञ्ज नजिकै बारीमा आज बिहान ९ः३० बजे उहाँको श व फेला परेको हो । बोटको मुखमा कोतरिएको र बायाँ तिघ्रामा घाउ रहेको छ । बोटलाई भालुले आक्रमण गरेको हुनसक्ने प्रहरीले अनुमान छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर