अदालतको फैसला विश्वकै नमुना भन्दै सर्वोच्चको तारिफ गरे एमाले सांसद बिडारीले — OSNepal

अदालतको फैसला विश्वकै नमुना भन्दै सर्वोच्चको तारिफ गरे एमाले सांसद बिडारीले

LC (KTM) July 22, 2021 0

काठमाडौं । सर्वोच्चले प्रतिनिधि सभा विघटनका गरेको फैसलाको चर्चा र विरोध जारी रहेका बेला राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले अदालतको फैसला विश्वकै नमुना रहेको बताएका छन् ।

बिहीबार राष्ट्रिय सभामा बोल्दै सांसद बिडारीले भने ‘अहिलेको अदालतले गरेको व्याख्या संसारकै नमुना छ। हिजो बेलायत, भारत, अमेरिका, पाकिस्तानका नजिर हामीले पढ्थ्यौं। अब बेलायतले नेपालको नजिर पढ्दैछ। विश्वका अरु देशले यसलाई नमुना बनाउँछन्।’

सांसद बिडारीले संविधानको अन्तिम व्याख्याको अधिकार अदालतलाई दिइएको बताउँदै, उक्त फैसालाको विरोधमा उत्रनु गलत भएको भन्दै यस्ता विरोध र तमासाहरु देखाउन बन्द गर्नुपर्ने आफ्नो धारणा राखेका छन् ।

सो अवसरमा बोल्दै एमाले सांसद समेत रहेका बिडारीले भने विरोध प्रदर्शन गरेर एमालेले कोरोना फैलाउन खोजेको छ । यसरी रोगमात्रै बढ्ने हो तमासा देखाउन बन्द गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर