नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध — OSNepal

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

LC (KTM) September 04, 2023 0

काठमाडौँ, १८ भदौ : एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमलव ५ ओभर खेल्दा वर्षाका कारण खेल अवरुद्ध भएको हो । नेपालले ३७ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै १७८ रनको योगफल बनाएको छ ।

नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर