भारतमा कोरोनाको खोप अभियान किन नराम्ररी असफल भइरहेको छ ? खोप लगाए पनि दिनकै हजारौ संख्यामा मानिसहरुले किन गुमाइरहेका छन् ज्यान ? — OSNepal

भारतमा कोरोनाको खोप अभियान किन नराम्ररी असफल भइरहेको छ ? खोप लगाए पनि दिनकै हजारौ संख्यामा मानिसहरुले किन गुमाइरहेका छन् ज्यान ?

LC (KTM) May 15, 2021 0

एकतीस वर्षकी स्नेहा मराठेलाई कोभिड विरुद्धको खोप प्राप्त गर्नका लागि अनलाइन सेवामार्फत समय लिन आधा दिन लाग्यो।
“यो ‘फास्टेस्ट फिङ्गर फर्स्ट’ खेल जस्तै थियो,” उनले भनिन्। “तीन सेकेन्डमा स्लट भरियो।”

अस्पतालले अन्तिम समयमा आएर खोप लगाउनका लागि उनले प्राप्त गरेको समय रद्द गरिएको जानकारी दियो।कारण थियो: खोपको अभाव। मराठेले अर्को पटक समय लिने प्रयास गरिन्।

भारतमा खोप लगाउन १८ देखि ४४ वर्षका सबैले कोवीन भनिने सरकारी प्लेटफर्ममा दर्ता गर्नुपर्छ।
कोभिडविरुद्ध नेपाललाई आपत्कालीन सहयोग आवश्यक: डब्ल्यूएचओभारतको कोभिड सङ्कटले किन विश्वलाई असर गर्छ
आपूर्तिको तुलनामा माग निकै बढी रहेको भारतका प्रविधिसम्बन्धी विषयका सिपालु व्यक्तिहरूले खोप लगाउनका लागि चोर बाटोबाट समय प्राप्त गर्नका लागि कोड नै लेखिरहेका छन्।

मराठेलाई कोड लेख्न त आउँदैन तर उनी हाल खोप प्राप्त गर्ने एक मात्रै बाटो अर्थात् स्मार्टफोन र इन्टरनेटको सुविधा भएको वर्गमा पर्छिन्।भारतमा करोडौँ अन्य व्यक्तिसँग त्यस्तो सुविधा छैन।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेको सङ्घीय सरकारले करिब ९६ करोड भारतीयलाई खोप लगाउने अभियानको सुरुवात त गरेको छ। तर सरकारसँग त्यसका लागि आवश्यक पर्ने खोपका पर्याप्त मात्रा छैन।

खोप
खोपको अभाव हाल जारी घातक कोरोनाभाइरसको दोस्रो सङ्क्रमणको लहर र सम्भावित तेस्रो लहरको चेतावनीबीच देखिएको छ।

चरणबद्ध रणनीति
”भारतले खोप खरिद गर्न ज्यानुअरीसम्म पर्खियो जबकि उसले निकै अगाडी खोप सुरक्षित गर्न सक्थ्यो,” भारत, ब्रजिल र दक्षिण अफ्रिकामा औषधिको पहुँचको वकालत गर्ने एक्सेस आईबीएसएका संयोजक अचल प्रभालाले बताए।

सन् २०२१ को ज्यानुअरीदेखि मे महिनासम्म भारतले खोपको झन्डै ३५ करोड मात्रा खरिद गरिसकेको थियो।

उसले अक्सफर्ड-आस्ट्राजेनेकाले विकास गरेको र भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशील्ड खोप अनि भारत बायोटेकले विकास गरेको कोभ्याक्सीन खोप खरिद गरेको थियो।

प्रति डोजको २ अमेरिकी डलर पर्ने उक्त खोप विश्वमै सस्तो खोप मध्यमा पर्थ्यो तर मात्रा भने भारतको जनसङ्ख्याको २० प्रतिशतलाई खोप लगाउन समेत पर्याप्त थिएन।

कोभिड बिरामीका आँखा बिगार्ने घातक ‘कालो ढुसी’
कसरी कुम्भमेला कोभिड सङ्क्रमणको केन्द्रबिन्दु बन्यो
भारतले कोरोनाभाइरसविरुद्ध युद्ध जितेको घोषणा गर्दै मोदीले ‘खोप कूटनीति’ समेत सुरु गरेका थिए जसअन्तर्गत भारतमा मार्च महिनासम्ममा खपत भएभन्दा बढी खोपका मात्रा निर्यात गरिएको थियो।

त्यसको ठिक विपरीत अमेरिका र युरोपेली सङ्घले आफूहरूलाई आवश्यक पर्ने भन्दा बढी खोपका मात्रा अभियान सुरु गर्नका लागि उपलब्ध हुनुभन्दा करिब एक वर्ष अगाडी नै सुरक्षित गरिसकेका थिए। बीबीसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर