मकवानपुर – बागमती प्रदेशसभा सचिवालयमा आज प्रदेश सरकारका तर्फबाट दुईवटा विधेयक दर्ता गरिएको छ ।
दर्ता गरिएका विधेयकमध्ये प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले बताउनुभयो ।
प्रदेशसभाको अधिवेशन यही भदौ १८ गते अपराह्न १ः३० बजे बस्ने गरी आह्वान भइसकेको पनि सो सचिवालयले जनाएको छ ।