बजारमा आइड्रपको अभाव — OSNepal

बजारमा आइड्रपको अभाव

LC (KTM) August 30, 2023 0

काठमाडौँ । देशभर फैलिएको आँखा पाक्ने सङ्क्रमणले गर्दा बजारमा औषधीको अभाव भएको छ । पछिल्लो समय देशभर आँखा पाक्ने रोगको सङ्क्रमण बढेसँगै बजारमा आँखामा राख्ने औषधी आइड्रपको अभाव भएको हो ।

भक्तपुर लोकन्थलीका कृष्ण सिन्जाली मगरले भक्तपुरदेखि कोटेश्वरसम्मका सबै औषधी पसलमा पुग्दा पनि आइड्रप नपाएपछि तिलगङ्गा आँखा अस्पतालमा पगे । “तिलगङ्गामा टोकन लिएर डेढ घण्टा लाइनमा बसेपछि बल्ल त्यो औषधी पाएँ,” उनले सुनाए  ।

नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल पोखरेलले बजारमा आँखा पाकेका बेला प्रयोग गरिने आइड्रप अभाव भएको जानकारी दिए । उनले केही समयअघिसम्म अस्पतालमा दैनिक १५० जनासम्म आँखा पाकेका बिरामी आउने गरेकोमा हाल ८० देखि ९० जनासम्म त्यस्ता बिरामी आउने गरेको बताए ।

औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले जुनसुकै अस्पतालमा आँखासम्बन्धी औषधी नपाइने बताए । “बजारमा अभाव होला तर अस्पतालमा औषधी अभाव छैन,” उनले भने, “औषधी पसलमा आँखाको औषधी नपाइन सक्छ ।”

उनले औषधी उत्पादकले पनि फार्मेसीमा औषधी वितरण नगरी आँखा अस्पतालमा मात्र गरिरहेको बताए  । “बजारमा पर्याप्त नभए पनि आँखा अस्पतालमा आइड्रप अभाव नभएको रिपोर्टिङ प्राप्त गरेको छु,” उनले भने “अस्पतालमा पनि पाइएन भने हामीलाई जानकारी हुनसके तत्काल व्यवस्था गर्ने छौँ ।”यो समाचार गोरखापत्र दैनिकमा छ ।

एक जना व्यक्तिको आँखा पाकेमा परिवारका अन्य सदस्यलाई पनि समस्या देखिन सक्ने भन्दै एकै व्यक्तिले चाहिनेभन्दा बढी आइड्रप किन्ने गरेको पाइएको छ । आँखा रोग विशेषज्ञ डा। एरिक वैद्यले आँखा पाक्ने रोगीका लागि औषधी पर्याप्त नभए पनि पाउँदै नपाएको भन्ने अवस्था नरहेको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर