धनगढीको स्वस्तिक अस्पतालमा पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मृत्यु, अस्पताल बाहिर नाराबाजी — OSNepal

धनगढीको स्वस्तिक अस्पतालमा पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मृत्यु, अस्पताल बाहिर नाराबाजी

LC (KTM) August 28, 2023 0

सुदूरपश्चिम, ११ भदौ : किड्नीमा रहेको पत्थरीको शल्यक्रिया गर्ने क्रममा बिरामीको मृत्यु भएको घटनालाई लिएर धनगढीको स्वस्तिक अस्पतालमा मृतकका आफन्तले प्रदर्शन गरेका छन् । चिकित्सकको लापर्वाहीले बिरामीको मृत्यु भएको भन्दै लापर्वाही गर्ने माथि कारबाहीको मागसहित मृतकका आफन्तले प्रदर्शन गरेका हुन् ।

किड्नीमा पत्थरीको समस्याका बिरामी कञ्चनपुरको बेलौरी नगरपालिक–१० का ५५ वर्षीय ओजनलाल चौधरीको शल्यक्रिया गर्ने क्रममा आज मृत्यु भएको थियो । चौधरीलाई तीन दिनअघि उक्त अस्पतालमा भर्ना गरिएको थियो । शल्यक्रिया गर्ने क्रममा अत्यधिक रक्तश्राव भई चौधरीको मृत्यु भएको भन्ने जानकारी आएको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता शिवराज जोशीले बताउनुभयो । प्रदर्शनपछि अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर