नेपाली कांग्रेसका सांसद अमरेशले देउवालाई किन बुझाए राजीनामा पत्र ? — OSNepal

नेपाली कांग्रेसका सांसद अमरेशले देउवालाई किन बुझाए राजीनामा पत्र ?

LC (KTM) July 21, 2021 0

काठडमाडौं । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले राजीनामा बुझाएका छन् । क्रियाशील सदस्यता विवादलाई लिएर उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।पार्टी विधानविपरीत क्रियाशील सदस्यता दिएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गरेका छन् । धर्नामा बसेकाहरुको मागमा ऐक्यवद्धता जनाउँदै सांसद सिंहले राजीनामा बुझाएका हुन् ।

क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस पार्टी कार्यालयमा सर्लाहीका नेता तथा कार्यकर्ता धर्नामा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काका साथै नेता शेखर कोइरालासँग सिहंले कुराकानी गरेका थिए । सांसद सिंह सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।

उनले आफ्नै पार्टीका कार्यकर्तालाई न्याय दिन नसक्ने हो भने सांसद पदमा बसेर जनताको सेवा गर्न नसक्ने भन्दै राजीनामा बुझाएका हुन् । सर्लाहीमा तत्कालीन राष्ट्रिय जनता पार्टीका महासचिव जंगीलाल राय, माओवादी केन्द्रका नेता शम्भुलाल श्रेष्ठ लगायत अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलाई समायोजनका नाममा ठूलो संख्यामा क्रियाशील सदस्यता दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर