हेलम्बु गाउँपालिकाद्वारा पुनःनिर्माणमा सहयोग गर्न आग्रह — OSNepal

हेलम्बु गाउँपालिकाद्वारा पुनःनिर्माणमा सहयोग गर्न आग्रह

LC (KTM) August 27, 2023 0

सिन्धुपाल्चोक, १० भदौ : मेलम्ची नदीमा आएको बाढीले थप क्षति पु¥याउन थालेपछि हेलम्बु गाउँपालिकाले बागमती प्रदेश सरकारसँग सहयोग माग गरेको छ ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाल गत साउन २८ गते र त्यसपछि लगातार आएको बाढी पहिराका कारण भएको क्षतिबारे अवगत गराउँदैे आर्थिक मामिला तथा योजना मन्त्रालयलाई सहयोगका लागि अनुरोध गर्नुभयो ।

उहाँले बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्चालन नदीका तटीय क्षेत्र संरक्षण भौतिक संरचनाको पुनःनिर्माण गाउँपालिकाको एकल प्रयासमा मात्र सम्भव नहुने हुँदा प्रदेश सरकारसंग सहयोग मागिएको बताउनुभयो ।

सिन्धुपाल्चोकका केही नगर र गाउँपालिकामा विपद्का लागि रु एक करोड पठाए पनि हालसम्म अतिविपद् जोखिम रहेको मेलम्ची नगरपालिका, हेलम्बु, पाँचपोखरी थाङ्पाल गाउँपालिकालगायतमा रकम पनि उपलब्ध नगराएको प्रति उहाँले असन्तुष्टि प्रकट गर्नुभयो । उहाँले भन्नुभयो गर्दै अध्यक्ष शेर्पाले“ हेलम्बु गाउँपालिकाका लागि मात्र तत्कालै रु तीन–चार करोड आवश्यक पर्दछ । ”
बाढीले हेलम्बु–४ स्थित जिल्लाकै पुरानो सरस्वती माविको एउटा भवन बाढीले बगाएपछि स्थानीयवासीको सक्रियतामा थप क्षति हुन नदिन प्रयासहरू भइरहेका छन् ।

स्वास्थ्यमन्त्री बस्नेतद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बाढीग्रस्त सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीलगायत क्षेत्रको शनिबार निरीक्षण गर्नुभएको छ । उहाँ सिन्धुपाल्चोक क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर