काठमाडौँ उपत्यकामा ६९७ जना सङ्क्रमित थपिएका छन् । ललिपुरमा १२८ जना, काठमाडौँमा ४९० र भक्तपुरमा ७९ जना सङ्क्रमण थपिएका हुन् । उहाँले अझ पनि धेरै व्यक्ति सङ्क्रमित आशङ्कामा रहेकाले परीक्षणको दर बढाउनुपर्ने बताउनुभयो । “जति धेरै परीक्षण ग¥यो । त्यति नै मानिसलाई बचाउन सकिन्छ”, उहाँले भन्नुभयो, “त्यसैले सङ्क्रमितको सङ्ख्या पत्ता लगाउनका लागि परीक्षणको दायरा बढाउनुपर्दछ ।”
सहप्रवक्ता अधिकारीले खोप सबै नागरिकलाई उपलब्ध गराउने बताउनुभयो । उहाँले खोप लगाउन जाँदा भीडभाड नगर्न र जनस्वास्थ्यमा मापदण्ड लागू गर्न आग्रह गर्नुभयो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बाँस्तोलाले निधेषाज्ञा खुकुलो भएसँगै सङ्क्रमणको दर बढेकाले जनस्वास्थ्यमा मापदण्ड अपनाउन आग्रह गर्नुभएको छ ।
उहाँले अहिले पनि अस्पतालमा कोभिड–१९ का सङ्क्रमित आउने क्रममा कमी नभएकाले सचेत रहन आग्रह गर्नुभयो । उहाँले कोभिड–१९ सङ्क्रमण निको भए पनि मासपेशी दुख्ने, जोर्नी दुख्ने, मानसिक समस्या हुनेजस्ता समस्या देखिने गरेकाले समयमा नै उपचार गर्न आग्रह गर्नुभयो ।