काठमाडौँ ६ साउन । नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी कमिटिको बैठकले साझा कार्यक्रम र साझा प्रतिवद्धताहरू तय गर्न आह्रान गरेको छ ।सरकारमा सहभागी हुन थप मन्त्रीको टुंगो लगाउन बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
गठबन्धन सरकार न्यूनतम साझा कार्यक्रम र साझा प्रतिवद्धताहरू अगाडी बढ्नुपर्ने भएकाले छिटोभन्दा छिटो गठबन्धनका पार्टीहरू सम्मिलित भएर एउटा न्यूनतम साझा कार्यक्रम तय गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको छ ।
विगतको सरकारले देखाएको आचरण अबको गठबन्धनको सरकारले देखाउन नमिल्ने भन्दै पार्टीका प्रवक्ता श्रेष्ठले भने,“हामीले हिजो जुन प्रवृत्तिकाविरुद्ध संघर्ष गर्यौँ, त्यो कुनैपनि ढंगबाट अब देखिनु हुँदैन । पुनरावृत्ति हुनु हुँदैन । ”
अब केन्द्रीय कमिटीको बैठक साउन २० गते र स्थायी कमिटीको बैठक साउन १७ गते गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।