आधुनिक तथा प्राचीन बिद्याको एकै संगालो। हठयोग, चक्र जागरण र आध्यात्मिक उपचार — OSNepal

आधुनिक तथा प्राचीन बिद्याको एकै संगालो। हठयोग, चक्र जागरण र आध्यात्मिक उपचार

LC (KTM) August 25, 2023 0

नेपाल योग, तपस्चर्या, ध्यान, साधना, भक्ती, ब्रम्हबिद्या आदिको उद्गमस्थल हो ।प्राचिन कालदेखिनै नेपाल तपोभुमी देवभुमी र उर्जावान क्षेत्रको प्रादुर्भाव स्थल को रुपमा योगि तपस्वी एवमं ध्यानी साधकसाधिका  बिच आकर्षक गन्तव्यको रुपमा रहिआएको छ। तर जबजब नेपालीजन हरु बाहिरी मुलुकमा गए त्यहात्यहा त्यसै ज्ञानलाइ झनै उजागर गर्ने संयन्त्र पनि बनाए। त्यसैले त्यो प्राचीन बिद्या आजकल पश्चिमी मुलुकमा झनै लोकप्रिय भयो।

यसै सन्दर्भमा अष्ट्रेलियामा पनि त्यहाका युवा जो नेपाली मुलका हुन तिनिहरुले पुन सुरुवात गरेको यस्तै विद्याले लोकप्रियताका साथसाथै सनातन संस्कृतिको बैज्ञानिक व्याख्या पनि भएको छ। आउनुहोस जानौं के के बिषयमा अध्यापन अनुसन्धान र प्रयोग हुँदै छ त अष्ट्रेलियामा तयार गरिएको आध्यात्मिक उपचार, योग र प्रणायामका बिधाहरुमा ? योगि तथा कर्मले प्राविधिक असीम लम्साल, व्यवसाथी तथा योगि कृज भट्टराई र साधक अर्विन धितालको संयुक्त प्रयासमा पुर्ण बैज्ञानिक युक्त तथा हाम्रो पुर्विय दर्शनले युक्त पाठ्यक्रम अनलाइन मार्फत संचालन भएको छ।

के के बिषयमा पढाइ हुन्छ र कस्ताकस्ता प्रभाव पार्दछ त यसले जिवनमा ? यहाँ हठयोग सिकाइन्छ जसले शरिरको उर्जालाइ नियन्त्रण, मांसपेशी सुगठिक  अनि लचकदार बनाउन  र उर्जालाइ चाहेअनुसार प्रयोग गर्न मार्गनिर्देशन गर्दछ।साथमा आधुनिक अनि बैज्ञानिक ढंगले हाम्रा ऋषिमुनिको अनुभव, सुक्ष्म खोज र साधनाका परिणामहरुलाइ व्याख्या गराइन्छ जसले हराउदै गएको ज्ञान पुनर्जीवित गर्दछ। त्यसमाथी शक्तीप्रवाह द्वारा हिलिंग ( Energy Healing) गराइन्छ । मानसिक समस्या भएका,  एंजाइटि( Anxiety), डिप्रेसन( Depression) , तनाब( Stress), चिन्ता( Tension), Panic Attack  आदिको सहज र सरल समाधान को उपाय पनि बताइन्छ।

प्राणायाम जसले प्राण उर्जा बढाउछ, अनेक रोग व्यादिबाट शरिरलाइ बचाउछ र जिवनमा सकारात्मक प्रभाव पार्दछ त्यसको विविध आयामको प्रयोग र विधि सिकाइन्छ। एवम रितले ध्यान( Meditation) का अनेक आयामहरुको अति सुक्ष्म देखि बिराट सम्मका अनुभव अनुसन्धान र ज्ञानका विविध विषयमा सरल र व्यस्त जिवनशैलिलाइ पनि प्रभावकारी सिद्धहुने गरि जानकारी गराइन्छ । बिज्ञान भैरब तन्त्र, विपश्यना, डाइनामिक मेडिटेसन( Dynamic meditation) , ट्राम्सान्डटल मेडिटेसन(Transcendental meditation) , चक्र जागरण ध्यान(Chakra awakening Meditation) कुण्डलिनी शक्ति जागरण( Kundalini Activation) आदि गराइनुका साथौ विधीहरु पनि सिकाइन्छ। त्यसका साथसाथै कसैलाई सम्मोहन बिद्या, रेकि हिलिङ्ग, मन्त्र संम्मोहन आदि जान्न र सिक्ने इच्छ छ भने धमाधम अनलाइन( Online) कक्षाहरु पनि संचालन भइरहेको छ्न।

यदि तपाइहरु कसैलाइ मानसिक तनाब, थकान र चिन्ता, डिप्रेसन, प्यानिक अट्याक आदि छन भने बिनाहिचकिचाहट तल दिइएको नंबरमा र Email मार्फत सम्पर्क गरेर आफ्नो समस्याको समाधान रोज्न सक्नु हुन्छ। अन्त्यमा,  जस्तोसुकै समस्याको पनि एकमुष्ट समाधान छ योग, आयुर्वेद, प्राकृतिक चिकित्सा र शक्तिप्रवाहित चिकित्सामा ( Energy Healing)। ( Energy Healing) हिलिंग सिक्न र हिलिंग मात्र पनि गराइन्छ र  Zoom मार्फत अनलाइन कक्षाहरु संचालित छन।

 सम्पर्कको लागि
ॐ योग तथा आध्यात्मिक केन्द्र र
नेपाल जीवन बिज्ञान का सदस्यहरु
कृज, असिम र अर्बिन

(Whatsapp msg only )
0451123155
0431290148
0426981728

Email:
[email protected]
[email protected]
[email protected]

फेसबुक मार्फत सम्पर्कको लागि;
https://www.facebook.com/profile.php?id=100093127874561&mibextid=b06tZ0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर