अर्थमन्त्री जनार्दन शर्माको प्रशंसा गर्दै देउवाले भने 'निकै मेहनती हुनुहुन्छ, उहाँले अर्थतन्त्र सुधार गर्न सक्नुहुन्छ म ढुक्क छु' — OSNepal

अर्थमन्त्री जनार्दन शर्माको प्रशंसा गर्दै देउवाले भने ‘निकै मेहनती हुनुहुन्छ, उहाँले अर्थतन्त्र सुधार गर्न सक्नुहुन्छ म ढुक्क छु’

LC (KTM) July 21, 2021 0

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान अर्थ मन्त्री जनार्दन शर्मा मेहनती भएको बताएका छन् । बुधवार नेपाल उद्योग परिसङ्घको १८ औँ वार्षिक साधारण सभामा बोल्दै देउवाले शर्मा ले नेपालको अर्थतन्त्रलाई सुधार गर्नेमा विश्वास लिएको बताएका हुन् ।नेपालको अर्थतन्त्रलाई पहिलेको भन्दा माथि उठाएर नेपालको आर्थिक अवस्थामा सुधार गर्नेमा आफु विश्वस्त रहेको देउवाले बताए ।

हाम्रो अर्थ मन्त्रीजी अत्यन्त मेहनती हुनुहुन्छ । मलाई विश्वास छ, उहाँले नेपालको अर्थतन्त्रलाई पहिलेको भन्दा माथि उठाएर नेपालको आर्थिक अवस्थामा सुधार गर्नु हुनेछ । उहाँले सक्नु हुन्छ पनि । अत्यन्तै मेहनती हुनुहुन्छ देउवाले भने ।त्यस्तै कोभिड–१९ को महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर