अवैध लागूऔषध नाइट्राभेटसहित १९ वर्षीय मन्जित पक्राउ — OSNepal

अवैध लागूऔषध नाइट्राभेटसहित १९ वर्षीय मन्जित पक्राउ

LC (KTM) July 21, 2021 0

काठमाडौं ६ साउन । अवैध लागूऔषध सहित १९ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोतरी गौशाला नगरपालिका ८ बस्ने १९ वर्षीय मन्जित कुमार साह रहेका छन् ।

निजलाई हिजो बिहान मंगलबार सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गर्दा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट ४ सय ५० ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट पक्राउ परेका निज बा.४ ख ५१४३ नम्बर बसमा काठमाडौं आउँदै थिए ।

बसको जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको अवैध लागु औषध सहित प्रहरीले पक्राउ गरेको हो । उनीमाथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर