पोर्नाेग्राफी केसमा राज कुन्द्रा नै मुख्य आरोपी रहेको पुलिसले दाबी गरेको छ । अहिले सम्मको प्रमाण र अनुषन्धानले राज नै यस कार्यको प्रमुख नाईके भएको प्रहरीको दाबी रहेको छ । यस केसको जाँचका दौरानमा पुलिसले अन्यलाई समेत पक्राउ गरेको छ ।
जाँचका दौरानमा अश्ली ल सामाग्री पेश गर्ने कैयौ एपको जानकारी मिलेको थियो । त्यसपछि पुलिसले निर्माता रोमा खान, उनको पति, अभिनेत्री गहना बशिष्ठ, निर्देशक तनबीर हाशमी तथा कुन्द्रा कम्पनिको भारतमा कारोबार हेर्ने उमेश कामथ लाई गिरफ्तार गरेको थियो ।
प्रहरी अधिकारीका अनुसार अहिले सम्म यो मामलामा जोडिएका ११ जना गिरफ्तार भईसकेका छन् । अपराध शाखाले बिभिन्न एप संचालकको साढे सात करोडक रुपैयाको धनराशी जफत समेत गरिसकेको छ । यस मामलामा जोडिएको भिडियो क्लिप समेत प्रहरीले बरामद गरिसकेको छ ।
मुम्बई पुलिस कमिश्नरले बताए अनुसार क्राईम ब्रान्चले फेब्रअरी २०२१ मा अश्लिल फिल्म बनाउने तथा त्यसलाई अलग अलग ओटीटी प्लाटफर्ममा रिलीज गर्ने बिषयमा केश दर्ता गरेको थियो ।
यसपछि पुलिसले कैयौ अलग अलग ठाउँमा छापामारेको थियो । यस मामलामा राज कुन्द्रा पहिला ४ जना ब्यक्ति समेत गिरफ्तार भएका थिए । तिनै पक्राउ परेकाहरुको बयान र टेक्निकल प्रमाणको आधारमा राज कुन्द्रालाई गिरफ्तार गरिएको हो ।