एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना विरुद्धको खोप अब १८ वर्षभन्दा माथिका सबै नागरिकलाई लगाउन सुरु — OSNepal

एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना विरुद्धको खोप अब १८ वर्षभन्दा माथिका सबै नागरिकलाई लगाउन सुरु

LC (KTM) July 21, 2021 0

काठमाडौं ६ साउन । अमेरिकी सरकारले दिएको एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना विरुद्धको खोप आज बुधबारबाट १८ वर्षभन्दा माथिका सबै नागरिकलाई लगाउ सुरु भएको छ ।

अमेरिकी सरकारले दिएको १५ लाख डोजको यो खोप एक डोज मात्र लगाए पुग्छ । ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई लगाउन शुरु गरिएको थियो ।

तथापी,दुई दिन सम्म लगाउँदा पनि अझै एक लाख डोज बाँकी रहेकोले १८ वर्षमाथिका सबैलाई लगाउने निणर्य गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् । काठमाडौँको लागि यो १ लाख ४० हजार डोज प्राप्त भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर