बिजनेसम्यान राज कुन्द्राको गिरफ्तारी पछि उनकी पत्नी तथा बलिउडकी महसुर अभिनेत्री शिल्पा शेट्टी माथि कैयौ आरोपहरु आईरहेका छन् । धेरैले शिल्पा पनि उनको पतिको पोर्न बिजनेसमा जोडिएको भन्दै आरोप लगाईरहेका छन् ।
तर मुम्बई पुलिसका अनुसार शिल्पाको कुनै लिंक छैन पतिको यस्तो कार्यमा । मुम्बई पुलिसले एक प्रेस कन्फ्रेन्स गर्दै पोर्नोग्राफिको मामलामा बिजनेसम्यान राज कुन्द्रा संग पत्नी तथा अभिनेत्री शिल्पाको कुनै सक्रिय भुमीका नरहेको बताएको छ ।
मुम्बई पुलिस कमिश्नर मिलिन्द भारम्बेले भने– हामीलाई अहिले सम्म शिल्पा शेट्टीको कुनै सक्रिय भुमिका नरहेको जानकारी प्राप्त भएको छ । हामी यो बिषयमा जाँच गरिरहेका छौ । हामी पीडितहरु संग अपील गर्छौ कि उनीहरु अगाडि आउन तथा क्राइम ब्रान्च मुम्बईमा सम्पर्क गरुन् । हामी उचीत कार्बाही गर्छौ ।
मुम्बई पुलिस कमिश्नरले बताए अनुसार क्राईम ब्रान्चले फेब्रअरी २०२१ मा अश्लिल फिल्म बनाउने तथा त्यसलाई अलग अलग ओटीटी प्लाटफर्ममा रिलीज गर्ने बिषयमा केश दर्ता गरेको थियो । यसपछि पुलिसले कैयौ अलग अलग ठाउँमा छापामारेको थियो । यस मामलामा राज कुन्द्रा पहिला ४ जना ब्यक्ति समेत गिरफ्तार भएका थिए ।
तिनै पक्राउ परेकाहरुको बयान र टेक्निकल प्रमाणको आधारमा राज कुन्द्रालाई गिरफ्तार गरिएको हो । मुम्बई क्राईम त्र्रान्चका अनुसार एक हटशट नामको एप बनाईएको थियो । जसमा फिल्म रिलीज गर्ने गरिएको थियो । पुलिसका अनुसार उक्त एप राज कुन्द्राको हो । हाल राज कुन्द्राले दाबी गरेका छन् कि उक्त एप संग आफ्नो कुनै लेना देदा छैन ।