राज कुन्द्रा संग जोडिएर अभिनेत्री गहना बशिष्ठको पनि नाम आएको छ । उनले एक भारतीय संचारमाध्यम संगका कुराकानीका बारेमा कैयौ खुलासा गरेकी छिन् । गहनालाई अडल्ट फिल्मको शुटिंग तथा ग्याङ्ग रेप जस्ता गंभीर आरोप लागेको छ । उनी पछिल्लो केही महिना देखी जेलमै रहेकी थिईन् । आरोप प्रमाणित हुन नसके पछि उनी छुटेकी थिईन् ।
उनले आजतक इन संग कुरा गर्दै भनेकी छिन्– हालसालै म मुम्बई बाहिर छु । म यही भन्न चाहान्छु कि सबैले जसरी पोर्न कन्टेन्ट भनिरहेका छन् । उनीहरुले भने जस्तो कुनै पनि फिल्म पोर्न हैन । यो त एकदमै बोल्ड र एराटिक फिल्म हो । जुन पोर्नको क्याटगोरीमा आउँदैन ।
यसलाई गलत तरिकाले पेश गरिदैछ । म उनीहरु संग यहि कुरा गर्न चाहान्छु तपाईहरु फिल्म नै हेर्नुहुन्न त कसरी पोर्न भन्न सक्नु हुन्छ । उनले फिल्म अरुलाई देखाउनुपर्ने र पार्न हो या एडल्ट निर्णय लिन दिनुपर्ने बताईन् ।
राज संग आफुले ३ फिल्ममा काम गरेको खुलासा
गहना राज संगै काम गर्ने गरेकी थिईन् । उनले भनिन्– मैले राज कुन्द्रा संग ३ फिल्ममा काम गरेको छु । मैले उनको फिल्ममा एक अभिनेत्रीको रुपमा काम गरेकी छु । म माथि राजले कहिल्यै प्रेशर दिएन , उनले केही कुरा म संग लुकाएनन् । पेपरमा एउटा र सेटमा अर्काे काम कहिल्यै भएन् ।
एकदमै प्राफेशनल तरिकाले काम भयो । मैले जति पनि फिल्म खेले यसलाई पोर्न भन्नु ठुलो कुरा हो । धेरै एराटिक पनि थिएन । यो भन्दा एराटिक सिन त मैले बालाजीको गन्दी बातमा गरेको छु । उनले राज माथि गलत आरोप लगाएको दाबी गरेकी छिन् ।