दोलखा, १ भदौ ः दोलखाको भीमेश्वर नगरपालिका–८ बोचका किसान रेशमराज खड्का आफ्नो बारीमा फलेको तरकारी बेच्नका लागि बजारतर्फ लैजाँदै । तरकारी बेचेरै उनले जीविकोपार्जन गर्दै आएका छन् ।
यो पनि : मुगुमा सर्पदंश उपचारको व्यवस्था नहुँदा बिरामी समस्यामा:मुगु, १ भदौ ः मुगुमा सर्पदंश उपचारको व्यवस्था नहुँदा सर्पदंशका बिरामीलाई उपचार गर्न समस्या भएको छ । पछिल्लो समय तराईमा देखिने विषालु सर्प पहाड मापनि देखिन थालेको छ । छायाँनाथ रारा नगरपालिका–१२ का कर्णबहादुर बुढाले सर्पदंश उपचारका लागि जिल्ला अस्पताल व्यवस्था नरहेको बताउनुभयो ।
जिल्ला अस्पताल मुगुका प्रमुख डा कमल ढुङ्गानाले सर्पदंश उपचारका लागि तालिम प्राप्त चिकित्सकको अभाव रहेको बताउनुभयो । उहाँले भन्नुभयो “एन्टिस्नेक भेनम र आइसियू र भेन्टिलेटर नहुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या छ । जिल्ला अस्पतालमा आउने सर्पदंशका बिरामीलाई उपचारका लागि जिल्लाभन्दा बाहिर पठाउने गरेको । ” उहाँका अनुसार हिमाली जिल्लामा विषालु सर्प खासै नहुने भएकाले जिल्ला अस्पतालमा सर्पदंशका बिरामी आउने गरेका छैनन् ।
छायाँनाथ रारा नगरपालिका–४ कि बैदेवी सेजुवालले गत असार महिनामा सर्पले टोक्दा जिल्ला अस्पतालमा सर्पदंशको उपचार नभएपछि झारफुक विधिबाट उपचार गराउनुपरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “ जिल्ला अस्पतालमा सर्पदंश उपचारको व्यवस्था गरिनुपर्छ ।”