बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा कानुनी लफडामा फसेका छन् । सोमबार २ घण्टा सोधपुछ पछि उनलाई गिरफ्तार गरिएको छ । मंगलबार अदालतले उनलाई २३ जुलाई सम्म प्रहरी हिरासतमा राख्न आदेश दिएको छ । राज कुन्द्रा अश्ली ल फिल्म बनाउने र एपको माध्यमबाट रिलीज गर्ने आरोपमा पक्राउ परेका हुन् ।
यो बिषयमा नयाँ नयाँ कनेक्शनहरु बाहिर आईरहेको छ । यस केसमा शर्लिन चोपडा र पुनम पाण्डेको पनि राज संग कनेक्शन देखिएको छ । महाराष्ट्रको साईबर सुत्रका अनुसार यस केसमा अभिनेत्री शर्लिन चोपडा तथा पुनम पाण्डेको नाम आरोपीको रुपमा आएका छन् । उनीहरुको बयान महाराष्ट्र साइबरद्धारा दर्ता गरिएको थियो जहाँ उनीहरुले कुन्द्राको बिरुद्ध आरोप लगाएका थिए ।
राज कुन्द्राको शर्लिन संग यस्तो थियो कन्ट्रयाक्ट
शर्लिन चोपडाको राज कुन्द्राको फर्म आम्र्सप्राइम मीडिया संग कन्ट्रयाक्ट थियो । यो कन्ट्रयाक्ट भारत बाहिरको कम्पनिहरुको केही एपका लागि अश्ली ल कन्टेन्ट उपलब्ध गराउने थियो । शर्लिन सेमी पोर्नाेग्राफीको साथ आफ्नो एप चलाउँथीन् । यो पार्ट टाईम काम एकदमै राम्रो चलिरहेको थियो ।
राजले शर्लिन संग भनेका थिए कि उनलाई नाफाको ५० प्रतिशत मिल्नेछ । यस संझौतामा राज स्यंमले साईन गरेका थिए । जुन २०१९ तथा जुलाई २०२० को बीचमा उनले राम्रो कमाई गरेका थिए । शर्लिन लाई महसुस भयो कि संझौता अनुसार पैसा मिलिरहेको थिएन । त्यसैले उनले संझौता समाप्त गर्नका लागि आग्रह गरिन् ।
शर्लिनले आफै एप बनाईन् र केही महिना सम्म यसले राम्रै नतिजा दियो । तर अगष्ट २०२० मा उनको कन्टेन्ट पाईरेटेड भईरहेको थियो । त्यसैले उनी आफैले एक शिकायत दर्ता गरिन् । फेब्रअरी २०२१ मा उनले एक बयान दिईन् कि उनलाई कसरी राज कुन्द्राले पुरै पोर्न इण्डस्ट्रीको दलदलमा धकेली दिएका थिए । यस बर्षको सुरुवातमा राज कुन्द्राल भनेका थिए कि उनले कम्पनीको आफ्नो शेयर बेचिदिएको छु ।