दुई लाख नगद र तीन लाखको चेकसहित दुई कर्मचारी अख्तियारको नियन्त्रणमा — OSNepal

दुई लाख नगद र तीन लाखको चेकसहित दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

LC (KTM) August 16, 2023 0

काठमाडौँ, ३१ साउन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको विष्णुपुर गाउँपालिकाका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । गाउँपालिकाका ‘एमआइएस अपरेटर’ वीरेन्द्रकुमार यादवलाई रु दुई लाख नगद र लेखापाल टेकनारायण यादवलाई रु तीन लाखको चेकसहित अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले राजविराज नगरपालिका वडा नं ३ बाट पक्राउ गरेको प्रवक्ता भोला दाहालले राससलाई जानकारी दिनुभयो ।

दुवै कर्मचारीलाई सोलार बत्तीको जडानलगायत योजनाको भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरिएको उहाँले सुनाउनुभयो । दुवै कर्मचारीलाई आयोगले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर