गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुने — OSNepal

गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुने

LC (KTM) August 14, 2023 0

काठमाडौँ, २९ साउन : काठमाडौँको गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाले आज एक सूचना प्रकाशित गरी देशव्यापी फैलिएको आँखा रोगका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेकाले चार दिन विद्यालय बन्द गर्न लागेको हो ।

नगरप्रमुख दीपककुमार रिसालले आँखासम्बन्धी रोग गोकर्णेश्वर नगरभित्र विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीलाई समेत देखिन थालेकाले साउन ३० देखि भदौ १ गतेसम्म नगरभित्रका सबै विद्यालय बन्द गर्न लागिएको जानकारी दिनुभयो । पछिल्लो समय देशका विभिन्न स्थानमा आँखा पाक्ने रोग देखिएपछि विद्यालयहरु बन्द हुन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर