अविरल वर्षाले जोखिममा परे खोर्केखोला क्षेत्रका घरहरू — OSNepal

अविरल वर्षाले जोखिममा परे खोर्केखोला क्षेत्रका घरहरू

LC (KTM) August 13, 2023 0

सुर्खेत २८ साउन स्अविरल वर्षाले जोखिममा रहेका सुर्खेतको विरेन्द्रनगर खोर्केखोला क्षेत्रका घरहरू । खोलाको सतह बढ्दा खोला आसपासका बासिन्दाहरू त्रसित छन् ।

यो पनि : पहिराका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन:तनहुँ २८ साउन स् पहिराका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्गअन्र्तगत दमौली–डुम्रे सडक खण्ड दुईतर्फीरुपमा सञ्चालनमा आएको छ । तनहुँको व्यास नगरपालिका–१२ स्थित बेलभञ्ज्याङ्गमा माथिबाट पहिरा खस्दा आज दिउँसो १२ः३० बजेदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।

केही दिनदेखिको अविरल वर्षाका कारण उक्त सडक खण्डमा पहिरा खसिरहेकाले पटकपटक अवरुद्ध हुने गरेको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । आज करिब दुई घण्टाको प्रयासपछि राजमार्गको पहिरा हटाएर आवागमन सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

जिल्ला तथा इलाका प्रहरी कार्यालयबाट खटिएको विपद् व्यवस्थापन टोली र स्थानीय पालिकाको सहकार्यमा पहिरा पन्छाइएको खाँणले बताउनुभयो ।
(((

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर