जमेको पानी निकास गर्दा स्थानीयद्धारा प्रहरीमाथि ढुंङ्गामुढा प्रहार — OSNepal

जमेको पानी निकास गर्दा स्थानीयद्धारा प्रहरीमाथि ढुंङ्गामुढा प्रहार

LC (KTM) July 21, 2021 0

कैलाली ६ साउन । धनगढीमा जमेको पानी निकास गर्दा स्थानीयले प्रहरीमाथि ढुंङ्गामुढा प्रहार गरेका छन् । जिल्लाको उपमहानगरपालिका –३ को हाटबजार, विद्युत कार्यालयलगायतका क्षेत्रमा जमेको पानी निकास गर्न कल्भर्ट खोल्दा वडा नम्बर २ का स्थानीयले ढुंङ्गामुढा प्रहार गरेका हुन् ।

सडकमा निमार्ण गरिएको कल्र्भट खोलेर पानी निकास गर्दा स्थानीयले विरोध गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । विरोधका क्रममा केहि स्थानीय र केहि प्रहरी घाइते भएको बताइएको छ । सोमबार प्रहरीले कल्भर्ट खोलेरे पानीको निकास गरेको थियो ।

वडा नम्बर २ का बासिन्दाले वस्ती डुवान नहुने गरी पानी निकास गर्नु पर्ने माग राख्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले दिएको जानकारी अनुसार प्रहरीले मोहनापुुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोलेर पानी निकास गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर