अवैधानिक रुपमा अमेरिका पुगेका काष्ठकलाका सम्पदा नेपाल फिर्ता — OSNepal

अवैधानिक रुपमा अमेरिका पुगेका काष्ठकलाका सम्पदा नेपाल फिर्ता

LC (KTM) August 11, 2023 0

वाशिङ्गटन डिसी,- अवैधानिक माध्यमबाट अमेरिका ल्याइएका नेपाली काष्ठकलाका सामग्री नेपाल फिर्ता पठाइएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जफत गरी मङ्गलबार नेपाली काष्ठकलाका ४० सामग्री नेपाल पठाइएको हो । वाशिङ्गटन डिसीस्थित नेपाली नियोगका अनुसार अवैधरूपमा सन् २०१० मा अमेरिकाको हवाई राज्यमा ल्याइपुर्याएका ती सामग्री भन्सार तथा बोडर प्रोक्टेक्सन (सिविपी)ले बरामद गरेको हो । उक्त सामग्री गत मे महिनाको ११ तारिखमा वाशिङ्गटन डिसीस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरिएको थियो ।

दूतावासले ऐतिहासिक महत्त्वका ती सामग्री नेपाल पठाउन पहल गरेकामा अमेरिकी सरकारी निकायप्रति हार्दिक आभार प्रकट गरेको छ । सन् २०२२ को अप्रिलदेखि अहिलेसम्म नेपालबाट अवैधानिक माध्यमबाट अमेरिका ल्याइएका ४७ सामग्री नेपाल फिर्ता पठाइसकिएको छ । कतार एयरवेजको कार्गोको सहयोगमा नेपाल पुर्याउन लागिएका ती सामग्री शनिबार काठमाडौँ पुग्ने दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर