बलिउडका महसुर गायक उदीत नारायण झाका छोरा आदित्य नारायण झा ले अब होस्टिंगको काम सधैको लागि छोड्ने भएका छन् । उनका अनुसार अब दोस्रो ठुलो जिम्मेवारी लिने समय आएको छ । उनी सबै आफ्ना प्रतिबद्धता पुरा गरेपछि २०२२ मा कार्यक्रम उद्घोषण बन्द गर्ने तयारीमा रहेका छन् ।
टाईम्स अफ इण्डिया संग कुराकानी गर्दै उनले भने– एक उद्घोषकको रुपमा टेलिभिजनमा २०२२ साल सम्म रहन्छु । त्यसपछि म उद्घोषण गर्दिन् । अब केही ठुलै काम गर्ने बेला आएको छ । म आफ्नो पुरानो प्रतिबद्धतामा बाँधिएको छु । जसलाई म आउने महिनामा पुरा गर्नेछु । आफ्नो अरु योजनाका बिषयमा कुरा गर्दै उनले अब आउने बर्ष देखी टेलिभिजनबाट ब्रेक लिन्छु ।
उनलाई एक समय काम गर्न अत्यन्तै राम्रो लाग्ने भए पनि अब थकान महसुस हुन थालेको बताएका छन् । पछिल्लो १५ बर्ष देखी उनी टेलिभिजनमा काम गरिरहेका छन् । उनले आफुलाई टेलिभिजन उद्योगले सबै नाम,दाम तथा सफलता दिएको बताएका छन् ।
यहाँ रहदा आफुलाई मुम्बईमा एउटा घर बनाउन, एउटा कारको मालिक बन्न तथा शानदार जीवन जिउनका लागि सक्षम बनाएको उनले बताएका छन् ।
उनले टेलिभिजन छोडे पनि गेम शो मा भाग लिन तथा कुनै एक कार्यक्रमको जर्ज गर्न सक्ने तर्फ संकेत गरेका छन् । पछिल्लो समय उनी इण्डियन आईडलको कार्यक्रम उद्घोषकको रुपमा निक्कै बिबादीत बनेका छन् ।