देउवाले प्रचण्डको फोनबाट भारतमा उपचाररत झलनाथलाई भने तपाईको सारा उपचार खर्च सरकारले बेर्होछ, ढुक्क हुनुहोस् — OSNepal

देउवाले प्रचण्डको फोनबाट भारतमा उपचाररत झलनाथलाई भने तपाईको सारा उपचार खर्च सरकारले बेर्होछ, ढुक्क हुनुहोस्

LC (KTM) July 20, 2021 0

काठमाडौँ । मिर्गौलामा गम्भीर समस्या देखा परेपछि भारतमा उपचार गर्न गएका एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार सरकारले गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भmलनाथलाई फोन गरेर उपचारको जिम्मा सरकारले लिने बताएका हुन् । दिल्लीमा उपचाररत खनालसँग देउवालले खुमलटार पुगेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मोबाइलबाट संवाद गरेको बताइएइको छ ।

प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगेका देउवाले प्रचण्डकै फोनबाट झलनाथसँग कुराकानी गरेका थिए । सो अवसरमा देउवाले झलनाथलाई भने ुतपाईं ढुक्कसाथ उपचारमा लाग्नुस्। तपाईंको उपचार खर्च सबै सरकारले व्यहोर्छु । खनालको मिर्गौलामा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार सुरु गरेको केही समयमा नै खनालको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि भारत लगिएको हो ।

दिल्लीमा उपचाररत खनालको सबै उपचार खर्च यसअघि एमाले र तत्कालीन केपी ओली नेतृत्वको सरकारले गर्ने घोषणा गरेको थियो । जुन विषयको नेपाली काँग्रेसले यसअघि चर्को विरोध गरेको थियो । त्यसबेला नेपाली कांग्रेसका नेता गगन थापासहितले सरकारको निर्णयको चर्को विरोध गर्दै ओली सरकारसँग कडा शब्दमा जवाफ मागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर