प्रधानमन्त्रीद्वारा भारतको केदारनाथ पहिरामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि — OSNepal

प्रधानमन्त्रीद्वारा भारतको केदारनाथ पहिरामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि

LC (KTM) August 05, 2023 0

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरामा परी मृत्यु भएका मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो । “गौरीकुण्डमा पहिरामा परी १३ नेपाली नागरिकसहित १९ जना बेपत्ता भएको खबरले मर्माहत भएको छु । यस दुःखद् घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु”, उहाँले भन्नुभएको छ, “बेपत्ता नागरिकको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल गरिएको जानकारी गराउँछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर