भोलि सार्वजनिक बिदा — OSNepal

भोलि सार्वजनिक बिदा

LC (KTM) July 20, 2021 0

काठमाडौँ, ५ साउन – सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न- नेपाल रेडक्रस सोसाइटी नलिन्चोक उपशाखाको आयोजना तथा कालिका नगरकोटी गुठी समाजको सहयोगमा सूर्यविनायक नगरपालिका–१० पीपलचौर सामुदायिक भवनमा आज निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । विपी नेत्र प्रतिष्ठान महोहरा बाल आँखा नाक, कान घाँटी अस्पताल एवं पुनस्र्थापना केन्द्रको प्राविधिक सहयोगमा गरिएको शिविरमा २३४ जनाको आँखा नाक, कान र घाँटीको परीक्षण गरिएको समाजका अध्यक्ष मुरारी नगरकोटीले जानकारी दिनुभयो ।

कोरोना महामारीमा आँखा नाक, कान र घाँटीको समस्या भएका बिरामीलाई अस्पताल गएर उपचार गर्न समस्या भएको अवस्थामा समाजले स्थानीयस्तरमा नै आयोजना गरेको शिविरमा स्वास्थ्य परीक्षण गराउने बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको छ । अस्पतालका चिकित्सक डा राजु गौतम, डा जनक पाण्डे, डा गीता वर्देवा र डा सावित्रा खवासले स्वास्थ्य परीक्षणमा सेवा दिनुभएको थियो । शिविरमा बच्चादेखि युवा र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । थप उपचार आवश्यक पर्नेहरूलाई विशेष छुटमा अस्पतालमा थप उपचारको व्यवस्था गरिएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर