२० जुलाई १९४९ मा जन्मिएका नसीरुद्धीन शाहले १९८० देखी आफ्नो फिल्मी करियर सुरु गरेका थिए । उनले हरेक भुमीकामा दर्शकको स्याबासी पाए । आफ्नो कला प्रर्दशनका कारण उनले पद्यमश्री तथा पद्यम भुषण जस्ता अवार्ड पाएका थिए ।
जब नसीरुद्धीन शाह २० बर्षका थिए त्यतिबेला उनले मनारा सीकरी संग बिबाह गरेका थिए । मनारा नसीर भन्दा १५ बर्ष जेठि थिईन् । मनारा लाई परबीना मुरादको नामले पनि चिनिन्थ्यो । नसीरुद्धीन मनारालाई एकदमै माया गर्थे । जब उनले घरपरिवार संग आफ्नो र मनाराको सम्बन्धको बारेमा बताउँदा निक्कै रिसाएका थिए ।
घरपरिवार रिसाउनुको कारण मनाराको उमेर थियो । त्यसको अलवा मनाराको पहिले नै एउटा बिबाह भएको थियो साथै एक बच्चा पनि थियो । तर घरपरिवारको सहमती बिनानै उनले मनारा संग बिबाह गरे । उनीहरु दुबै बिबाह गरेको एक बर्षमै एक छोरीको आमाबुवा बन्न सफल भएका थिए । छोरीको नाम हीबा शाह राखिएको थियो ।
केही समय पछि दुबै जनाबीच झगडा सुरु भयो । पछि उनीहरुले १९८२ मा सम्बन्ध बिच्छेद गरे । मनारा आफ्नी छोरी संग ईरान गएकी थिईन् । त्यसपछि नसीर आफ्नै छोरी हीबा संगै बसे । हीबाले अहिले सम्म बिबाह गरेकी छैनन् । त्यसपछि १९७५ मा रत्ना पाठक संग नसीरको भेट भयो । त्यसपछि १९८२ मा रत्ना पाठक तथा नसीर बैबाहीक बन्धनमा बाँधिए । अहिले दुबै जनाको २ छोरा रहेका छन् बिवान र इमाद ।