दोलखा प्रहरीद्धारा ५८ थान अक्सिजन सिलिन्डर संकलन गरी चरीकोट अस्पताललाई हस्तान्तरण — OSNepal

दोलखा प्रहरीद्धारा ५८ थान अक्सिजन सिलिन्डर संकलन गरी चरीकोट अस्पताललाई हस्तान्तरण

LC (KTM) May 15, 2021 0

दोलखा- कोभिड रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय दोलखाले ५८ थान अक्सिजन सिलिन्डर संकलन गरी चरीकोट अस्पताललाई हस्तान्तरण गरेको छ । जिल्लाका विभिन्न ठाउँमा रहेका खाली तथा भरिएको अक्सिजनका सिलिन्डर प्रहरीले संकलन गरेर चरीकोट अस्पताललाई प्रदान गरेको दोलखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताउनुभयो ।

जिल्लामा आजसम्म दोस्रो चरणको कोभिडका कारण ४३३ जना संक्रमित भइसकेका छन् । तीमध्ये हालसम्म १९ जना निको भइसकेका छन् भने चार जनाको मृ त्यु भएको छ । कोभिड संक्रमित ३१ जनाको चरीकोट अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये चार जनाको गम्भीरावस्था रहेको अस्पतालका निर्देशक डा विनोद डंगालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर