कैलाली। धनगढी उपमहानगरपालिका४ बसपार्कस्थित होटल कलेलमा जुवातास खेलिरहेको अवस्थामा डोटी पुर्वीचौकी गाउँपालिका-३ बस्ने २५ वर्षीय अमित बोहरा समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ८ सय १० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।