वैबाहिक वर्षगाँठको अवसर पारेर विष्ट दम्पतीद्वारा साहाराको घरलाई सहयोग — OSNepal

वैबाहिक वर्षगाँठको अवसर पारेर विष्ट दम्पतीद्वारा साहाराको घरलाई सहयोग

LC (KTM) August 01, 2023 0

काठमाडौ – वैबाहिक वर्षगाँठको अवसर पारेर रबि बिष्ट र सबिना सिह बिष्टले साहाराको घरलाई सहयोग गरेका छन् । दया माया अनि करुणाका धनि दम्पती रबि बिस्ट र सबिना सिह बिष्टले २५औ बैवाहिक बर्षगाठको अवसर पारी विगत १२ वर्ष देखि संचालनमा आएको भरतपुर–१२, नौरङ्गेमा अवस्थित साहाराको घरमा आश्रीत १८ जना बालिकाको लागि कलेज बाकीँ शुल्क ३५ हजार रुपैया भुक्तानी गरी सहयोग गरेका हुन् ।

साथै सविना सिंह विष्टले सस्थामा आश्रित बालिकाहरुको लागि भोजन सेवा लगाएत अत्यावस्यक लत्ता कपडा तथा चप्पल समेत वितरण गरेकी थिइन् ।हाल अमेरीकामा कार्यरत बिस्ट परिवारले यस अघि पनि साहाराको घरलाई विभिन्न पारिवारीक उत्सवहरुका सहयोग गर्दै आएका थिए । सहयोगी दम्पतीलाई साहाराको घरको संचालिका कुसुम साहाराले २५ औं बैवाहिक वर्षगाँठको उपलक्ष्यमा शुभकामना व्यक्त गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर